२ कात्तिक, धनगढी ।
वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बीचमा बनेको टापुमा पाँच जना फसेका छन् ।
कैलालीको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँचजना फसेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शिद्धराज न्यौपानेले बताए ।
अबिरल वर्षापछि पानीको सतह बढ्दा पूर्णागिरी मन्दिरको फेदमा रहेको टापु घेरिएर पाँचजना फसेको प्रहरीले जनाएको छ । उनहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ ।