महाकाली छेउको ‘भाइरल रोड’ बाढीले बगायो

महाकाली छेउको ‘भाइरल रोड’ बाढीले बगायो

२ कात्तिक, कञ्चनपुर ।

अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ । भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको हाे ।

नदीले पहुँच मार्ग कटान निरन्तर गरिरहेको छ । ६ लेनको सडकमध्ये सय मिटरसमम तीन लेन सडक कटान गरिसकेको छ । महाकालीमा मंगलबार पानीको बहाव ५ लाख ४ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

यसैगरी महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेपछि नदी किनारका भीमदत्त नगरपालिका ११, १२ र १३ का सयौं घरहरु डुबानमा परेका छन् ।

यसैबीच महाकालीको बाढीका कारण बीच भागमा फसेका मसेट्टीका ५ जनाको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने भने पनि प्रतिकुल मौसमका कारण सम्भव नभएको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि सोमबार रातिदेखि टापुमा फसेका उनीहरुलाई झनै जोखिम बढ्दै गएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.