२ कात्तिक, डोटी।
लगातारको वर्षाका कारण घर भत्किँदा डोटीमा दुई बालकको ज्यान गएको छ । वर्षाका कारण घर भत्किँदा जिल्लाको सायल गाउँपालिका–६ मा स्थानीय बीरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । उनीहरुमध्ये एक जनाको शव निकालिएको छ भने अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।