२ कात्तिक, सुनसरी ।
सुनसरीकाे धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान- १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।
आज दिउँसो करिब पौने २ बजे घरमाथिबाट पहिरो खसेर १ तले टिनको छाना भएको घर पुरिदा घरभित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए ।
घटनाको जानकारी पाएपश्चात ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे उनीहरुलाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।