अनसन तोडेपछि रुबी खानले भनिन् – सम्पूर्ण महिलाको जित भयो

अनसन तोडेपछि रुबी खानले भनिन् – सम्पूर्ण महिलाको जित भयो

२ कात्तिक, काठमाडाैँ ।

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा अनसन बसेकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।

पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोडेकी हुन् । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्द शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहेका छन्। उनलाई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्। अनसन तोडेपछि उनले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताइन् ।

खानले भनिन्, ‘समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै कन्जुस्याँइ गर्छ भने हामी यो भन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु, यी दुई घटना प्रतिनिधिमुलक मात्रै हुन्, देशका जतिपनि महिलाहरु हिंसामा पर्नुभएको छ, हिंसाबाट मारिनुभएको छ उहाँहरुको न्यायका लागि म आमरण अनसन बसेकी हुँ, हाम्रो आन्दोलन उहाँहरुका लागि हो, महिलाहरुको न्यायका लागि हो ।’

न्यायका लागि रुबी खान लगायतको टोलीले आमरण अनसन बसेको १२ दिनमा अनसन तोडेको छ । आयोगले अपराधीलाई कानून बमोजिमको सजाय दिलाउने विश्वास दिएपछि खानले आमरण अनसन तोडेकी हुन् । उनले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग समेत गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.