नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा

नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा

२ कात्तिक, काठमाडाैँ ।

परराष्ट्रमन्त्री डा.नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यी बिच भर्चुअल वार्ता भएको छ । मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् । झण्डै एक घण्टा लामो छलफलमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत सूचीकृत भएका परियोजनाहरु, नेपाल–चीन सीमा सरोकार र अन्य विविध विषयमा कुराकानी भएको बताइएको छ ।

कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ । परराष्ट्रमन्त्री खड्काले नेपालको मित्रराष्ट्रका रुपमा चीन सरकारबाट प्राप्त सद्भाव र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.