सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लालाई २५ लाख राहत दिने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लालाई २५ लाख राहत दिने

२ कात्तिक, धनगढी।

सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद् व्यवस्थापनका लागि २५ करोड निकासा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि खडा गरिएको विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

आइतबारदेखि परेकाे वर्षापछि आएको बाढी तथा पहिरो प्रभावित जिल्लालाई २५ लाखका दर बजेट दिने निर्णय समेत गरिएको उनले बताए । उक्त रकम जिल्लास्थित स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा जम्मा गर्नेछ ।

आइतबारदेखि परिरहेको वर्षाले सुदूरपश्चिम प्रदेशकाे कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरो गएको छ भने तराइ क्षेत्र डुबानमा परेको छ ।

मंगलबार दिउँसोसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.