विराटनगर एयरपोर्टमा बाढी पस्यो, सबै उडान स्थगित

विराटनगर एयरपोर्टमा बाढी पस्यो, सबै उडान स्थगित

३ कात्तिक, विराटनगर ।

अविरल वर्षाले केशलिया खाेलामा आएकाे बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । विमानस्थलभित्र सबै स्थान जलमग्न भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए ।

एयरपोर्टकाे धावनमार्गमा पनि डेढफिटसम्म पानी जमेकाे छ । टर्मिनल भवनभित्र पनि पानी जमेकाे छ । खरेलले भने, ‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ ।’

उनका  अनुसार पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.