कात्तिक, काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार छँदा प्रशस्तै काम गरेको दाबी गरेका छन्। बुधबार एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हामीले ३९६ वटा अस्पतालको एकै दिन एकैचोटी शिलान्यास गर्यौं, देशभरि। विश्व रेकर्ड हो यो। गिनिज बुकमा यस्ता कति लेखेको हुन्छ हुन्छ, हामीले दाबी नगरेर मात्रै हो। गिनिज बुकको आधा त हामीले गरेका कामले भरिन्छ होला ।’
उनले आफूहरु ज्याद्रो मान्छे भएको बताउँदै दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमाबाहेक दुनियाँमा कहीँ नपाइने पनि बताए । उनले भने,‘दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमाबाहेक दुनियाँमा कहीँ पाइँदैन। तीबाट थाहा भइहाल्छ। कहीँ पाइँदै पाइँदैन। किड्नी फेरेको मान्छे बिमारीजस्तै नभइकन फेरि जस्ताको तस्तै, दुईपल्ट किड्नी फेरेर पनि उस्ताको उस्तै हुने, दुनियाँमा सायद कहीँ हुँदैन। यहीँ हुन्छु ।’