धेरैपल्ट बोलाउँदा पनि ओली आउनु भएन : प्रधानमन्त्री देउवा

धेरैपल्ट बोलाउँदा पनि ओली आउनु भएन : प्रधानमन्त्री देउवा

३ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मालाई संवादका लागि धेरै पटक बोलाए पनि नआएको बताएका छन् । प्रधानमन्त्री देउवाले गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

संसद्को अवरोध खुलाउनका लागि आफूले मान्छे पठाएको पनि देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले ओलीलाई मनाउनका लागि तत्कालीन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक–पटक बालकोट पठाएका थिए । देउवाले अन्तर्वार्तामा भनेका छन्, ‘मैले भन्या छु, कुरा गर्न जान्छु । एक्लै जान्नँ, साथी लिएर जान्छु । समय मिलाएर जान्छु । कतिपटक बोलाएको आउनु भएन । मान्छे पठाउन र म आफै जान तयार छु ।’

संसदीय व्यवस्था मान्नले दलले संसद्मा अवरोध पु¥याउन नहुने उल्लेख गर्दै उनले भनेका छन्, ‘यो सदन चल्न दिनुपर्छ । हामी संसद् मान्ने दलले संसद् चल्न दिएनौँ भने के मान्यता भयो त रु काँग्रेस पार्टी विपक्षमा हुँदाखेरी धेरैले ओलीसँग मिल्यो भने कतिले के भनेर विरोध गरे । हाम्रो पार्टीले विरोध गर्ने कुरा विरोध गर्छौं तर संसद् अवरोध गरेनौं । कि त संसदीय प्रणाली असफल भयो भन्नुपर्‍यो । हाम्रो पार्टी संसदीय प्रणाली मान्ने पार्टी हो । आफ्ना कुरा राख्नुपर्छ तर संसद् चल्न दिनुपर्छ भन्ने मान्यता हामीले राख्यौँ । त्यस्तो कुरा उहाँहरूले पनि गर्नुपर्छ । ’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.