थाईल्याण्डमा उपचाररत माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

थाईल्याण्डमा उपचाररत माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

३ कात्तिक, काठमाडौं।
थाईल्याण्डमा उपचाररत नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको उनका स्वकीय सचिव सन्तोष पुनले बताएका छन्। ‘अहिले स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। केही समय सबै रिपोर्टहरु हेरिएको छ,’ स्वकीय सचिव पुनले भने, ‘सबै रिपोर्ट सकारात्मक हुँदै गएमा तिहारअघि नेपाल फर्किने तयारी छ।’

जटिल खालको जन्डिस रोगबाट ग्रसित पुनको स्वास्थ्यस्थिति कमजोर भएपछि गत असोज १३ गते थाईल्याण्ड लगिएको थियो। जन्डिसको समस्या भएपछि कलेजोमा समस्या हुनुका साथै वान्ता आउने समस्या भएपछि उपचारका लागि थाईल्याण्ड लगिएको थियो। पुन लामो समय जन्डिसबाट पीडित हुँदै आएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.