सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवन रक्षा गर्नमा केन्द्रीत : गृहमन्त्री खाँण

सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवन रक्षा गर्नमा केन्द्रीत : गृहमन्त्री खाँण

३ कात्तिक, काठमाडौँ ।
गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रीत भएको बताएका छन् । बुधवार मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले विगतको सरकारले राज्य कब्जाको शैली गरेको र संविधानमा प्रतिकुलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र जनताको जीवनको रक्षामा केन्द्रीत भएको बताएका हुन् ।

सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडी बढाउने क्रममा रहेको उहाँले बताए । उनले भने – ‘संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र राज्यलाई एकदलीय कब्जाबाट मुक्त गराएर पुनः संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनताको जनादेशलाई अगाडी बढाउने क्रममा सरकार अगाडी बढेको छ । हिजोआज प्राकृतिक विपतको पनि हामीले सामना गर्नुप¥या छ । जनतालाई सुरक्षा दिने, राहत दिने, जनताको जीवन रक्षाका लागि सरकार प्रतिवद्धतापूर्वक अगाडी बढ्दछ र संविधानको पालना पनि हामी गर्छौ । संविधानको रक्षा पनि गर्छौ । सय दिनमा हामीले संविधानको रक्षा गर्ने, जनताको जीवनको रक्षा गर्नमै हामीले आफुलाई केन्द्रीकृत गरेका छौँ ।’

गृहमन्त्री खाँणले देशका विभिन्न ठाउँमा भएका डुबानका कारण किसानको धानबालीमा क्षति भएको तथ्यांक संकलन गरेर उनीहरुलाई राहत र सहयोग रकम उपलब्ध गराउने पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.