३ कात्तिक, काठमाडौं ।
भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्य बुधबार दिल्लीबाट फिर्ता भएका छन्। दिल्लीस्थित दुतावासमा बुधबार एक कार्यक्रमबीच आचार्यलाई काठमाडौंका लागि विदाई गरिएको दुतावासले जनाएको छ।
दूतावासले ट्वीटरमा तस्बिरहरुसहित लेखेको छ, ‘आज राजदूत आचार्य र उहाँकी श्रीमती सुष्मा आचार्यलाई विदाई गर्यौं।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारबाट राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरेअनुसार भारतस्थित राजदूत आचार्य फिर्ता भएका हुन्।
यसअघि केपी शर्मा ओली सरकारले लामो समयदेखि राजदूत रिक्त रहेको दिल्ली दुतावासमा आचार्यलाई पठाएको थियो।