७ घण्टापछि खुल्यो सिद्धार्थ राजमार्ग

७ घण्टापछि खुल्यो सिद्धार्थ राजमार्ग

४ कात्तिक, स्याङ्जा ।

स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग ७ घण्टा पछि संचालनमा आएको छ ।

अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण फेदिखोला २ को भालुपहाडबाट चट्टान खसेको थियो । फेदीखोला गाउँपाललिका , सडक विभाग र प्रहरीको सक्रियतामा २ तर्फी सडक संचालनमा आएको हो ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.