४ कात्तिक, काठमाडौं ।
बागमती प्रदेशमा रहेका विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अगाडि सारेको छ।
बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए । बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा बहुमत छैन ।
उनले विश्वासको मत नपाएमा बहुमतको अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ ।