मुख्यमन्त्री शाक्यको विश्वासको मतमा मतदान नगरी प्रदेशसभा बैठक स्थगित

मुख्यमन्त्री शाक्यको विश्वासको मतमा मतदान नगरी प्रदेशसभा बैठक स्थगित

४ कात्तिक, काठमाडौं ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ ।

बिहीबार विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएसँगै  सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

बैठक स्थगित गर्नुअघि सभामुख सानुकुमार श्रेष्ठले भने- विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धको बाँकी सम्पूर्ण प्रक्रिया प्रदेश सभाको अर्को बैठकमा हुने व्यहोरा जानकारी गराउँदछु।

आजको छलफलमा गठबन्धनका नेताहरुले मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाक्यलाई आग्रह गरेका थिए। साथै, प्रक्रियालाई लामो समय नलम्ब्याउन सभामुखलाई आग्रह गरेका थिए।

प्रदेश सभामा मुख्यमन्त्री शाक्य अल्पमतमा छिन्। यता विपक्षी गठबन्धनले नेकपा एसका नेता राजेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.