एमालेको दशौं महाधिवेशन चितवनमा हुने

एमालेको दशौं महाधिवेशन चितवनमा हुने

४ कात्तिक, काठमाडौं ।

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हाे ।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.