नेपालमा आईफोन-१३ को प्रि–बुकिङ खुल्यो

नेपालमा आईफोन-१३ को प्रि–बुकिङ खुल्यो

४ कात्तिक, काठमाडौँ ।

नेपालमा आईफोन-१३ को प्रि–बुकिङ खुलेकाे छ ।  एप्पलको लागि नेपालमा एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशनले आईफोन–१३ सिरिजको लागि प्रि–बुकिङको घोषणा गरेको हाे ।

अमेरिकामा २४ सेप्टेम्बरबाट सुरुआत भएको यो फोनको नेपालमा कात्तिक १२ (अक्टोबर २९) बाट वितरण हुने कम्पनीले जनाएको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिङको माध्यमबाट उपलब्ध गराइने जेनेरेसन नेक्स्ट कम्युनिकेशनले जनाएको छ ।

आईएमई पे एप्लिकेसनको प्रयोग गरी नयाँ आईफोनको प्रि–बुकिङ गर्न सकिनेछ । फोनमा १ बर्षको वारेन्टी उपलब्ध गराइने छ । फोनको क्यामेरामा एक सिनेम्याटिक मोडको सुविधा छ, जुन ‘फोर के’ भिडियोको लागि पनि उपयुक्त रहेको कम्पनीको दावी छ ।

यसको प्रि–बुकिङ गर्दा ९ हजार ९ सय ९९रुपैयाा आइएमई पे एपबाट भुक्तानी गर्नुपर्ने जनाइएकाे छ ।

यस्ताे छ जीबीअनुसार आईफोनको मूल्य (रुपैयाँमा)

आइफोन १३ १२८ जीबी १,३७,९९०
२५६ जीबी १,५४,९९०
५१२ जीबी १,८९,९९०
आइफोन १३ मिनी १२८ जीबी १,२०,९९०
२५६ जीबी १,३७,९९०
५१२ जीबी १,७१,९९०
आइफोन १३ प्रो १२८ जीबी १,७४,९९०
२५६ जीबी १,८९,९९०
५१२ जीबी २,२४,९९०
१ टीबी २,५५,९९०
आइफोन १३ प्रोम्याक्स १२८ जीबी १,८९,९९०
२५६ जीबी २,०५,९९०
५१२ जीबी २,३९,९९०
१ टीबी २,७४,९९०
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.