४ कात्तिक, काठमाडौँ ।
नेपालमा आईफोन-१३ को प्रि–बुकिङ खुलेकाे छ । एप्पलको लागि नेपालमा एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशनले आईफोन–१३ सिरिजको लागि प्रि–बुकिङको घोषणा गरेको हाे ।
अमेरिकामा २४ सेप्टेम्बरबाट सुरुआत भएको यो फोनको नेपालमा कात्तिक १२ (अक्टोबर २९) बाट वितरण हुने कम्पनीले जनाएको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिङको माध्यमबाट उपलब्ध गराइने जेनेरेसन नेक्स्ट कम्युनिकेशनले जनाएको छ ।
आईएमई पे एप्लिकेसनको प्रयोग गरी नयाँ आईफोनको प्रि–बुकिङ गर्न सकिनेछ । फोनमा १ बर्षको वारेन्टी उपलब्ध गराइने छ । फोनको क्यामेरामा एक सिनेम्याटिक मोडको सुविधा छ, जुन ‘फोर के’ भिडियोको लागि पनि उपयुक्त रहेको कम्पनीको दावी छ ।
यसको प्रि–बुकिङ गर्दा ९ हजार ९ सय ९९रुपैयाा आइएमई पे एपबाट भुक्तानी गर्नुपर्ने जनाइएकाे छ ।
यस्ताे छ जीबीअनुसार आईफोनको मूल्य (रुपैयाँमा)
आइफोन १३ | १२८ जीबी | १,३७,९९० |
२५६ जीबी | १,५४,९९० | |
५१२ जीबी | १,८९,९९० | |
आइफोन १३ मिनी | १२८ जीबी | १,२०,९९० |
२५६ जीबी | १,३७,९९० | |
५१२ जीबी | १,७१,९९० | |
आइफोन १३ प्रो | १२८ जीबी | १,७४,९९० |
२५६ जीबी | १,८९,९९० | |
५१२ जीबी | २,२४,९९० | |
१ टीबी | २,५५,९९० | |
आइफोन १३ प्रोम्याक्स | १२८ जीबी | १,८९,९९० |
२५६ जीबी | २,०५,९९० | |
५१२ जीबी | २,३९,९९० | |
१ टीबी | २,७४,९९० |