NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

कुशीनगर खुलिसक्यो, गौतम बुद्ध विमानस्थल कहिले ?

शुक्रबार कार्तिक ५ , २०७८
Reading Time: 1 min read
A A
कुशीनगर खुलिसक्यो, गौतम बुद्ध विमानस्थल कहिले ?

n'lDagL, @& df3 M e}/xjfdf lgdf{0ffwLg uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn 6fj/ . t:jL/ M g/]z s];, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

भैरहवा: तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शिलान्यास गर्दा यहाँबाट नजिकै भारतको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरसार थिएन ।

बुद्ध धर्मावलम्बीलाई लक्ष्य गरेर भैरहवाबाट करिब २ सय किमि दूरीमा रहेको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । तर चार वर्षअघि निर्माण सकिनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि सञ्चालनमा आउने हो, कुनै टुंगो छैन । यहाँ आयोजनाको म्याद थप गरेर लम्ब्याउने काम भइरहेको छ । बौद्ध धर्मावलम्बी सीधै बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याउन विमानस्थल निर्माण थालिएको हो । त्यो सपना कहिले पूरा हुन्छ, ठेगान छैन ।

चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र सहठेकेदारबीच विवाद, भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन हुँदै कोभिड संक्रमणले गौतम बुद्ध विमानस्थल आयोजना निर्माण पर धकेलिँदै आएको हो । आयोजना अहिले सातौं पटकको म्याद थपको पर्खाइमा छ ।

Advertisement

परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को तयारीमा पुगेको विमानस्थल दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि पछाडि धकेलिएको आयोजनाको दाबी छ । यहाँ निर्माण पूरा भएका संरचना खेर जाने अवस्था सिर्जना भएको छ । परीक्षण उडान कहिले हुने भन्ने निश्चित हुन सकेको छैन ।

सानातिना र परीक्षण उडानका क्रममा परिवर्तन हुन सक्ने सामान्य निर्माण कार्यबाहेक अन्य ठूला निर्माण र संरचना तयार रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘यो आयोजना अब क्यालिब्रेसन फ्लाइटमै केन्द्रित छ,’ उनले भने, ‘परीक्षण उडान भएर विमानस्थल सञ्चालनयोग्य हुने समयसम्म बाँकी निर्माण सकिनेछ ।’

क्यालिब्रेसन फ्लाइट भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप करिब तीन महिना सञ्चालनका लागि समय लाग्छ । त्यो अवधिसम्ममा गर्नुपर्ने बाँकी सबै निर्माण सकिनेछ । टर्मिनल भवनको फिनिसिङ, फर्निचर राख्ने, काउन्टर राख्ने काम जारी छन् । दोस्रो चरणको लकडाउनअघि आयोजना स्थलमा धमाधम उपकरण जडानका काम जारी थिए । गत वैशाख पहिलो सातामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्वपूर्ण उपकरण जडान भइसकेका थिए । आयोजना अन्तिम चरणमा पुगेको थियो ।

विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न जडित उपकरण ठीक भए÷नभएको र ती उपकरणले सही काम गरे÷नगरेकोबारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला दोस्रो चरणको लकडाउनले आयोजनालाई फेरि प्रभावित बनाएको हो ।

आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माणलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरिएको छ । आईसीबी टूअन्तर्गतको उपकरण जडान सकिएको र परीक्षण उडानका लागि आन्तरिक तयारी भइरहेको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले जानकारी दिए ।

परीक्षण उडानका लागि आवश्यक विशेष विमान ल्याउने काम आईसीबी टूको ठेक्का पाएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । तर कोभिडका कारण देखाउँदै उसले समयमै विशेष विमान र प्राविधिक आयोजना स्थलमा ल्याउन चासो नदिँदा विमानस्थल सञ्चालनमा ढिलाइ भएको हो । कोभिड संक्रमण विश्वव्यापी रूपमा फैलिन सुरु भएको डेढ वर्षअघिदेखि नै विदेशीे प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडान अवरुद्ध हुन पुगेको थियो ।

क्यालिब्रेसन फ्लाइटका लागि विशेष विमान ल्याउन सम्झौता गरिएको थाइल्यान्डको एरो थाई कम्पनीले कोरोना संक्रमणको कारण देखाउँदै आउँदो नोभेम्बरसम्म आफू आउन नसक्ने जानकारी गराएपछि प्राधिकरणले त्यसको विकल्प खोजेको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षत्रीले बताए ।

क्यालिब्रेसन फ्लाइटका लागि भारतको ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ सँग सम्झौताको तयारी गरिएको उनको भनाइ छ । ‘प्राधिकरणका निमित्त महानिर्देशक पदमा म आउनासाथ पहिलो बोर्ड बैठकमै क्यालिब्रेसन फ्लाइटको एजेन्डामाथि छलफल गरेका छौं,’ क्षत्रीले भने, ‘त्यो बैठकले परीक्षण उडानका लागि ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ बाट विमान ल्याउने लगभग निर्णय भइसकेको छ । त्यसलाई हस्ताक्षर गरेर आधिकारिकता दिन मात्र बाँकी छ ।’

बोर्ड बैठकको उक्त निर्णयले आधिकारिकता पाउनासाथ साता-दश दिनभित्र एयरपोर्ट अर्थरिटी अफ इन्डियासँग सम्झौता गरिनेछ । सम्झौता गरेको सबै कुरा मिलेको ३०-४० दिनभित्र उसले परीक्षण उडान टुंग्याउनेछ ।‘परीक्षण उडान सकिनासाथ हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आन्तरिक गृहकार्यमा जुट्नेछौं,’ क्षत्रीले भने, ‘त्यसपछि कुन कुन एयरलाइन्सले कति उडान सञ्चालन गर्ने भनेर उडान तालिकाका लागि अनुरोध गरिनेछ ।’ आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.