आज पनि तीन प्रदेशमा वर्षाको सम्भावना

आज पनि तीन प्रदेशमा वर्षाको सम्भावना

५ कात्तिक, काठमाडौं ।

हाल नेपालमा असर गर्ने उलेखनिय मौसमी प्रणाली नरहेपनि केही स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.