बेमौसमी झरीले बाढी पहिरो : प्रदेश १ मा ६२ जनाको मृत्यु, २० घाईते र १३ बेपत्ता

बेमौसमी झरीले बाढी पहिरो : प्रदेश १ मा ६२ जनाको मृत्यु, २० घाईते र १३ बेपत्ता

५ कात्तिक, विराटनगर ।

बेमौसमी झरीको कारण आएको बाढी पहिरोमा परि १ नम्बर प्रदेशमा ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् ।त्यस्तै सयौँ घर डुवानमा परेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ ।

पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् ।

यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते तथा १ जना बेपत्ता भएका छन् । यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१२ मा १ जनाको मृत्यु भएको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १/१ जनाको मृत्यु भएको छ ।

बेमौसमी झरीका कारण सयौँ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भईरहेका छन् भने बाकी प्रहरी तयारी अवस्थामा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.