५ कात्तिक, सुनसरी ।
सुनसरी कोशी गाउँपालिका- ८ भाण्टाबारी चोकस्थित पुर्व-पश्चिम राजमार्गमा ON TEST स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाकाे दमक नगरपालिका-१ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् । हिँजो राती साढे ११ बजे पुर्बबाट पश्चिम जाँदै गरेको उक्त स्कुटी आफैँ अनियन्त्रीत भई दुर्घटना भएकाे थियाे । दुर्घटनामा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्कुटी पछाडी सवार झापाकाे बुद्दशान्ति गाउँपालिका-१ की २७ बर्षीया रेनु गुरुङकाे अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।