५ कात्तिक, काठमाडौं ।
नेकपा एमालेका सचिव योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन् । ज्वरोका कारण घरमै आराम गरिरहेका भट्टराई ज्वरो नघटेपछि आज दिउँसो अस्पताल भर्ना भएका हुन् ।
बिरामी भएका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् । डाक्टरको सल्लाहबमोजिम ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको छ ।