५ कात्तिक, काठमाडौँ ।
नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक कात्तिक १२ गते बोलाउने निर्णय गरेको एमालेकाे केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार १२ गते बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बैठक बस्ने तय भएको छ । बैठकमा १० औं महाधिवेशनबारे छलफल हुने जनाइएकाे छ ।
एमालेको महाधिवेशन मंसिर १०-१२ गतेसम्म हुनेछ । बिहीबारको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।