एमालेकाे १० औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

एमालेकाे १० औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

५ कात्तिक, काठमाडौं ।

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको हाे ।

महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटीको बैठक र कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाएको उनले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.