हिउँचितुवा संरक्षणमा नेपालको प्रशंसा

हिउँचितुवा संरक्षणमा नेपालको प्रशंसा

काठमाडौँ: विश्वमा दुर्लभ मानिएको हिउँचितुवाको संरक्षणमा नेपालले गरेको प्रयासको अन्तर्राष्ट्रिय समुदायमा सरहाना भएको छ । हिउँचितुवा पाइने विश्वका १२ वटा मुलुकको भर्चुअल बैठकमा नेपालले गरेको प्रयासको सराहना भएको हो ।

नेपालले अध्यक्षता गरेको छैटौँ स्टेयरिङ कमिटीको बैठकमा नेपालले ताप्लेजुङमा हिउँ चितुवाको अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरेको जानकारी दिएको छ ।

नेपालले आगामी दिनमा हिउँचितुवाको सङ्ख्या यकिन गर्नका लागि सर्वेक्षण गर्ने जानकारी पनि सो अवसरमा दिइएको छ । नेपालले विश्वमा नै पहिलो पटक जलवायुमैत्री पूर्वी हिमाली भूपरिधि संरक्षण तथा व्यवस्थापन योजना तर्जुमा गरेको बैठकमा जानकारी दिइयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.