६ कात्तिक, भैरहवा ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्यानमारबाट बहुमूल्य बुद्धको मूर्ति भैरहवामा आइपुगेको छ ।
बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यले म्यानमारबाट भैरहवा भन्सार हुँदै बुद्धको मूर्ति भैरहवामा आइपुगेको हो ।उक्त मूर्ति करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको बताइएको छ । बुद्धको मूर्तिलाई भैरहवामा निमार्णाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ ।
बुद्धको मूर्तिलाई सिद्धार्थनगरमा नगर परिक्रमा गराई, लुम्बिनीसम्म शान्ति र्याली सहित विमानस्थलमा राखी यही १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गर्ने कार्यक्रम रहेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तथा लुम्बिनी गार्डेन फाउण्डेशनका प्रतिनिधि तुल्सीराम लामिछानेले बहुमूल्य जेटस्टोनको धातु बुद्धकोमुर्ती लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत भैरहवामा आइपुगेको बताए ।
उनले यही १४ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय विमानस्थलमा अनावरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।