इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामाको निधन

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामाको निधन

६ कात्तिक, सिन्धुपाल्चोक ।

इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ ।

लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित लामाको उपचारको क्रममा ५१ बर्ष को उमेरमा आज काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामा नेपाली काँग्रेस , सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन् ।लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन्।लामाका ३ छोरी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.