भीम रावलको राजीनामा ठूलो कुरा होइन : ओली

भीम रावलको राजीनामा ठूलो कुरा होइन : ओली

६ कात्तिक, काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएको विषय ठूलो नभएको प्रतिक्रिया दिएका छन्।

शनिबार एमाले पार्टी कार्यालय थापाथलीमा आयोजित भर्चुअल कार्यक्रममार्फत् देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गरेर फर्किने क्रममा पत्रकारसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘उहाँले राजीनामा के को गर्नुभयो? के संयोजन सकिनँ भन्नुभयो। सहजीकरणको संयोजक हुनुहुन्थ्यो। मैले गरेर भएन भन्नु भयो। त्यत्रो ठूलो कुरा पनि होइन। त्यो लिखित पनि होइन। स्वीकार्य पनि होइन। अस्वीकार्य पनि होइन। केही पनि होइन।’

उनले दश बुँदे सहमितमा केही बाँकी रहेको कुरा समाधान हुने पनि बताए। उनले एमालेमा दश भाइ वा अन्य केही भन्ने कुरै नभएको भन्दै एमाले एकढिक्का रहेको दाबी गरे।

शुक्रबारको स्थायी कमिटी बैठकमा पाँचपृष्ठ लामो फरक मत राख्दै १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयाेजक रावलले संयोजक र सदस्य समेत नरहनेगरि राजीनामा दिएको बताएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.