कोशी व्यारेजबाट हाम फाल्दा एक जना बेपत्ता

कोशी व्यारेजबाट हाम फाल्दा एक जना बेपत्ता

६ कात्तिक, सुनसरी ।

सुनसरीको कोशी गाउँपालिका -८ को कोसी ब्यारेजबाट सप्तकोशी नदीमा एक पुरुषले हाम फाल्दा बेपत्ता भएका छन् । इटहरी उपमहानगरपालिका १ बस्दै आएका ५८ वर्षिय तिलकप्रसाद दाहाल सप्तकोशी नदीमा शनिबार हाम फालेर बेपता भएको प्रहरीले जनाएको हो ।

३६ प ९२५५ नम्बरको मोटरसाइकलमा दाहालले कोशी ब्यारेजको १३ नम्बर ढोका नजिकै मोटरसाइकल राेकेर हामफालेका थिए । दाहालको खोजीकार्य भइरहेको प्रहरी चौकी कोशी व्यारेजका असई तारा चुँडालले बताए ।

चुँडालका अनुसार दाहालको मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । उनले  ढोकाको १३ नम्बर गेटमा आएर परिवारका सदस्यलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको प्रहरीको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.