नेपाली फिल्म ‍‘एक्स नाइन’मा खेल्दै सुनिल सेट्टी, कति लिन्छन् पारिश्रमिक ?

नेपाली फिल्म ‍‘एक्स नाइन’मा खेल्दै सुनिल सेट्टी, कति लिन्छन् पारिश्रमिक ?

६ कात्तिक, काठमाडौं ।

नेपाली चलचित्र ‘एक्स ९’ मा भारतीय अभिनेता सुनिल सेट्टीले अभिनय गर्ने भएका छन्। १२ करोडमा बन्न लागेको ‘एक्स ९’ सुनिल सेट्टीसँगै देव सिंहकाे पनि अभिनय रहने फिल्मका निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन्।

विरेन्दबहादुर कुँवरको निर्माणमा बन्न लागेको यो फिल्म नेपाली, हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ। फिल्ममा नेपाली कलाकार अनमोल केसी, पुष्प खड्का, प्रियंका थापा, सौगात मल्ल, नविन लम्साल लगायतको अभिनय रहनेछ। उनीहरुलाई फिल्मको लागि विगत डेढ महिनादेखी तालिम दिइरहेको भट्टले जानकारी दिए। नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय रुपमा त्यति धेरै मूल्य नगर्ने भएकोले उनीहरु पनि यहाँसम्म पुगेका छन् भन्ने कुरालाई देखाउन पनि फिल्ममा भारतीय कलाकारलाई राखिएको निर्देशक भट्टले बताए।

उनले सेट्टीको पारिश्रमिक नेपाली कलाकारको जस्तै रहेको बताए। सेट्टीले पारिश्रमिकलाई नभई फिल्मको कथालाई मनपराएर सहमति जनाएको उनकाे भनाइ छ । निर्माण टिमलाई सेट्टीले १२ दिन फिल्मको सुटिङको लागि समय दिएका छन्। तर उनको छायाँकन भने २० दिन जति हुनेछ। फिल्म आगामी दशैँमा रिलिज हुने भट्टले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.