गुटगत राजनीतिले पार्टी बलियो हुँदैन : परराष्ट्रमन्त्री नारायण खड्का

गुटगत राजनीतिले पार्टी बलियो हुँदैन : परराष्ट्रमन्त्री नारायण खड्का

७ कार्तिक, काठमाडौं ।

जनताको अकाङ्क्षा नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्ने दाबी परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका छन्।

कांग्रेस सुनसरी बराहक्षेत्र नगरपालिका–१ ले शनिबार चतरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री खड्काले जनचाहना पूरा गर्न कांग्रेसको आवश्यकता रहेको बताएका हुन्।

केन्द्रमा जुन गुट भए पनि त्यसको छायाँ पर्न दिन नहुनेमा जोड दिँदै उनले विभाजनलेआगामी निर्वाचनमा कांग्रेसलाई नै क्षति हुने बताए। निर्वाचनमा कांग्रेस जिते मात्र देश र जनताले जित्ने भन्दै उनले कांग्रेसलाई जिताउन सबैलाई आग्रहसमेत गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.