बाढीपहिरोमा ज्यान गुमाएकाका आफन्तलाई प्रधानमन्त्रीले भेटे

बाढीपहिरोमा ज्यान गुमाएकाका आफन्तलाई प्रधानमन्त्रीले भेटे

७ कार्तिक, काठमाडौं ।

बाढीपहिरो प्रभावित पूर्वका जिल्ला भ्रमण गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यान गुमाउनेका परिवारलाई इलाममा भेटेका छन्।

इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई भेटेपछि देउवाले पाँचथर पुग्ने बताइएको छ। असोज ३१ पछि आएको निरन्तरको वर्षाले त्यहाँ २८ जनाको ज्यान गएको छ। प्रभावित स्थानको अवलोकन तथा मृतकका आफन्तलाई प्रधानमन्त्रीले पाँचथरमा पनि भेट्ने भएका छन्।

पाँचथर र इलामको प्रभावित स्थानको भ्रमण पछि देउवाले राँकेमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग वस्तुस्थिति बुझ्ने भएका छन्। देउवा आजै काठमाडौं फर्कने बताइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.