प्रचण्ड र माधव नेपाललाई ओलीको आग्रह- हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ

प्रचण्ड र माधव नेपाललाई ओलीको आग्रह- हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ

७ कार्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गरेका छन्।

’पार्टी फुटाएर अर्को पार्टी बनाएर, हामी आधा केन्द्रीय सदस्य, आधा सांसद छौं भनेर हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ। पहिले आफू जुँगा उमार, अनि ताउ लगाऊ’, झापामा आइतबार आयोजित कार्यक्रममा ओलीले भने, ’अहिले सांसदमा यति जना भनेर फुर्ती गर्दैछन्। त्यो हामीले टाँसिदिएको हो। प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो। प्रचण्डले अब जितेर देखाउन् त। माधव नेपालले चुनाव लड्दैनन्। समानुपातिकमा बस्छन्।’

उनले पार्टीमा बिग्रिएको तत्वहरु थुपारेर काम नभएको बताए। उनले माधव नेपाल बाहेक अरु एमालेमा फर्किए हुने बताए। ’तर, माधव नेपाल जस्तो ’अपराधी तत्व’लाई फेरि नेकपा एमालेले लिँदैन’, उनले भने।

ओलीले कार्यकर्ताहरुलाई सबै देखिसकियो होला किन पछि लागेको भन्दै प्रश्न पनि गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.