बेमौसमी वर्षा : गुल्मीमा डेढ करोडको धान क्षति

बेमौसमी वर्षा : गुल्मीमा डेढ करोडको धान क्षति

८ कार्तिक, तम्घास ।

गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपिन्। उक्त धान अहिले काट्ने समय हो। यसैले असोज २९ गते खेताला लगाएर धान काटिन्ट्नु। लगत्तै बेमौसमी वर्षा सुरु भयो। काटेको धान खेतमै डुब्यो।

लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही कात्तिक ५ गतेबाट झाट्न सुरु भयो तर धानको बाला चुडिएर र धान उम्रिएर अधिकांश धान खेतमै नष्ट हुँदा उनको परिवार चिन्तामा छ।

“सामान्यतया सबै खेतमा ३० देखि ३५ मुरिसम्म धान फल्थ्यो।” उनले भनिन् , “यो वर्ष १० मुरिजति पनि फल्न गाह्रो छ।” धान उत्पादन कम हुने भएपछि बजारका चामलमा निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको उनको गुनासो छ।

इस्मा अम्मरपुरकै गोपाल सुनारले पनि १८ रोपनी खेतमा धान रोपेका छ्न्।

पाँच दिनसम्म पानीले गर्दा बाला टुक्रिएर करिब ३० प्रतिशत धान खेतमै झरेको उनी बताउँछन्। पानी पर्ने÷नपर्ने कुनै टुङ्गो नभएकाले उनले आइतबारदेखि धान काट्न सुरु गरेका छन्र्नु।

“गत वर्षसम्म १०० मुरी धान फल्थ्यो, तर यो वर्ष ६०–७० मुरी मात्र हुने अनुमान गरेको छु।” उनले भने , “पानीले दाना झर्दै गएकाले धान स्याहार्न सुरु गरेको छु।” पराल पनि चिसो भएकाले काम नलाग्ने उनले बताए।

धुर्कोट गाउँपालिका–५ वस्तु गान्टारीका कृष्णप्रसाद भण्डारीले सात रोपनी खेतमा धान रोपेका छन्। साउनमा रोपेको धान अहिले दाना लाग्ने समय भएको छ तर यही समयमा परेको अविरल वर्षाका कारण अधिकाशं धान ढल्यो। यसले गर्दा उत्पादनमा कमी हुने उनी बताउँछन्हाँ।

“परार साल बाटो खन्दा कुलो पुरियो, गत बर्ष धान नै राम्रो फलेन।” चिन्तित हुँदै उनले भने , “यस वर्ष राम्रो भएको थियो, पानीले सखाप बनाइदियो।” सामान्य समयमा खेतमा ३० मुरिसम्म धान फल्ने भएपनि यो वर्ष धानको आशा नरहेको उनले बताए।

यसका साथै उन्हाँले आफूजस्ता थुप्रै किसान वर्षाको कारण मर्कामा परेकोले सरकारबाट उचित राहत दिनुपर्ने माग गरे। अहिले कुनै राहत नपाए धानमा लगाएको लगानी पनि नउठ्ने उनले चिन्ता व्यक्त गरे।

उनीजस्ता धेरै किसान बेमौसमी वर्षाका कारण चिन्तित छन्। जिल्लाको अम्मरपुर, घ्यूबेँसी, चैरासी, शान्तिपुर, मजुवा, खैरेनी, खज्र्याङलगायतका क्षेत्रमा धान खेती हुने गर्दछ। यी क्षेत्रमा रामधान, खुमल ४, खुमल १, मकवानपुर १ उन्नत जातका धान लगाइन्छ।

त्यस्तै हंसराज, वर्णशङ्कर, शङ्करलगायतका स्थानीय जातका पनि धान लगाइने गरिन्छ। उक्त धानमध्ये होचोमधयेको धान ढलेको प्रायः ढलेको छैन तर हंशराजलगायतको धान बढी ढलेको छ। काटेको धान पानीमा डुबेर उम्रिएको छ भने नकाटेको धानको पनि बाला चुँडिन थालेको छ। जसका कारण किसान मर्कामा परेका छन्।

जिल्लामा कूल आठ हजार ९१८ क्षेत्रफलमा बर्खे धानको खेती गरिएको थियो। यसमध्ये ४४५ हेक्टर क्षेत्रफलको धान किसानले स्याहारेका छन्। २९ हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये कतिपय पहिरोले पुरिएको छ भने कतिपय ठाउँमा काटेको डुबानमा परेको छ भने ६६३ हेक्टर क्षेत्रफलमा गरिएको धान खेती पूर्णरुपमा ढलेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए।

जिल्लामा सबैभन्दा धेरै चन्द्रकोट गाउँपालिकामा ९७ हेक्टर धान खेतीमा वर्षाले क्षति पु¥याएको छ। अहिलेसम्म जिल्लामा ढलेर एक करोड १९ लाख र डुबेर १० लाख गरी कुल एक करोड २९ लाखको क्षति अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए।

किसानको राहतको सम्बन्धमा प्रमुख भण्डारीले ज्ञान केन्द्रमा राहत कोष नभएको तर प्रदेशको कृषि मन्त्रालयले केही राहत दिनसक्ने बताए। “ज्ञान केन्द्रमा कोष छैन, राहतस्वरुप दिने रकम पनि छैन ।” उनले भने, “विगतका वर्षमा जस्तै यस वर्ष पनि मन्त्रालयले राहत पठाउन सक्छ।”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.