सबै दलको सहमतिपछि मात्र एमसीसी पारित हुन्छ : परराष्ट्रमन्त्री खड्का

सबै दलको सहमतिपछि मात्र एमसीसी पारित हुन्छ : परराष्ट्रमन्त्री खड्का

८ कार्तिक, काठमाडौं ।

परराष्ट्रमन्त्री नारायण खड्काले सबै दलको सहमतिपछि मात्रै एमसीसी पारित हुने बताएका छन्।

सोमबार विहान उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले गठबन्धनमा मात्र नभइ एमालेको सहमतिमा एमसीसी पास हुने बताए।

एमसीसीबारे निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग छलफल गर्ने उनको भनाइ थियो। ‘एमसीसीबारे गठबन्धनभित्र त सहमति हुनैपर्यो। एमालेको पनि सहमति आवश्यक हुन्छ’ खड्काले भने।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुबै सदनमा एमसीसी पारित गर्नुपर्छ भनेको बताउँदै उनले एमसीसीमा संशोधन लगायतका सबै विषयमा छलफल गरेर अघि बढ्ने खड्काको भनाइ थियो।

उनले छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध राखेर सरकार अघि बढ्ने बताए।

वर्तमान सरकारको तीनवटा मुख्य प्राथमिकता रहेको उनको भनाइ छ। कोरोनाको खोपमा सबैको पहुँच, विकास निर्माण र अर्थतन्त्रलाई उकास्ने सरकारको प्राथमिकता रहेको मन्त्री खड्काको भनाइ थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.