अवैध लागूऔषधसहित दुई जना पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

८ कार्तिक, कास्की ।

पोखरा महानगरपालिका–३२ मजुवा नाकाबाट १ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेससहित धादिङ गजुरी गाउँपालिका–३ वालसिंह बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले बा.२६ प ४९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ती किशोरलाई उक्त परिमाणको चरेससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, पोखरा महानगरपालिका–३० पावरहाउस स्थितबाट २ किलो अवैध लागूऔषध गाँजासहित रुपा गाउँपालिका–१ थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.१ ख ७४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.