८ कात्तिक, उदयपुर ।
उदयपुरको कटारी नगरपालिका-६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका-९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् ।
आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा फेला परेको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।