८ कात्तिक, नेपालगन्ज।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई अब महाधिवेशन सार्ने छुट नरहेको बताएका छन्।
नेपाल प्रेस युनियन बाँकेले आज बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले अब पनि महाधिवेशन सार्न खोजिए पार्टी नै सङ्कटमा पर्ने बताए। उनले १४औँ महाधिवेशनमा आफ्नो समूहको तर्फबाट सभापति पदमा सहमतिमै एक जना उम्मेदवार हुने दाबी गरे।
बाढी-पहिरो तथा भू-क्षयबाट जनताले ठूलो क्षति व्यहोरेकाले सरकारले तत्काल प्याकेजमै राहत दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए । बाढी पहिरो प्रभावित पश्चिमी जिल्लाहरूको अवस्था बुझेर आफू फर्किएको बताउँदै उनले जनताको दुःखमा राज्यले साथ दिनुपर्ने बताए।