८ कात्तिक, काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्रीलाई भेटन सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरु बालुवाटार पुगेका थिए।
बैठकमा आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल भएकाे निर्वाचन आयोग स्रोतले जनाएकाे छ । ‘आगामी चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाउनुभएको थियो,’ आयोग स्रोतले भन्यो ।
प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच स्थानीय तहदेखि प्रतिनिधि सभाको निर्वाचन निर्वाचनसम्मको विषयमा कुराकानी भएको जनाइएको छ।
त्यस्तै निर्वाचन आयोगका पदाधिकारीले राष्ट्रिय सभाको रिक्त स्थानमा चुनाव गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए। त्यस्तै, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा रिक्त रहेका स्थानमा निर्वाचन गर्ने विषयमा पनि आज प्रधानमन्त्रीसँग छलफल भएको आयोगका एक पदाधिकारीले जानकारी दिए।