डा. केसीले मागे प्रधानन्यायाधीशको राजीनामा

डा. केसीले मागे प्रधानन्यायाधीशको राजीनामा

८ कात्तिक, काठमाडौं ।

प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् । उनले जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै राजीनामा मागेका हुन् ।

डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।  उनले भनेका छन्, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।’

उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न समेत सरोकारवालाहरुसँग अपील गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.