गोरेलाई अपहरण मुद्दामा १० वर्ष कैद, १३ लाख क्षतिपूर्ति भराउने फैसला

गोरेलाई अपहरण मुद्दामा १० वर्ष कैद, १३ लाख क्षतिपूर्ति भराउने फैसला

८ कात्तिक, विराटनगर ।

जिल्ला अदालत माेरङले करिव ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेलाई थप दश वर्ष कैद, जरिवाना र क्षतिपुर्तिको फैसला सनाएको छ।

असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भएपनि सजाय निर्धारण भएको थिएन ।

सोमबार न्यायाधीश भरत लम्सालको इजलाशले अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेलाई १० वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।

श्रेस्तेदार राणाले गोरेलाई मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ मृतक शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने गरी फैसला भएको जानकारी दिए ।

सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले जन्मकैद फैसला सुनाएको थियो । यसअघि अदालतले अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैदको सजाय सुनाएको थियो । करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना आरोपीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.