८ कात्तिक, काठमाडौँ ।
गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ ।
विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृहले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको हाे ।
मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन पनि भनेकाे छ ।
पहिचान नखुलेका कोही विदेशी नागरिकहरु भेटिएमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ । ११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि सरकार सतर्क भएकाे हाे ।
