एमाले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेरनपर्ने कुनै पक्षमा छैन- ओली

एमाले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेरनपर्ने कुनै पक्षमा छैन- ओली

९ कार्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा भैरहेको विवादबारे आफ्नो पार्टी दाउपेचमा नफस्ने बताएका छन् । अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिनुपर्ने उनको भनाई छ ।

मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो, हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने÷नपर्ने विषयमा भने एमालेको कतैपट्टि पक्षधरता नरहेको उनले स्पष्ट पारे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.