झारफुक गर्ने क्रममा शरीरका विभिन्न भागमा टोक्दा श्रीमती र छोरीको मृत्यु, श्रीमान् पक्राउ

झारफुक गर्ने क्रममा शरीरका विभिन्न भागमा टोक्दा श्रीमती र छोरीको मृत्यु, श्रीमान् पक्राउ

९ कार्तिक, काठमाडौं ।

झारफुक गर्ने क्रममा शरीरका विभिन्न भागमा टोक्दा आमाछोरीको मृत्यु भएको छ। इलाम देउमाई नगरपालिका–५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेला बखत बेहोस हुने बिरामी रहेकी श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो।

घटनाको जानकारी पाएलगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरी टोलीले कमल तामाङलाई नियन्त्रणमा लिएको हो। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.