झारफुक गर्ने क्रममा श्रीमती र छोरीलाई टोक्दा दुवैको मृत्यु

झारफुक गर्ने क्रममा श्रीमती र छोरीलाई टोक्दा दुवैको मृत्यु

९ कात्तिक, इलाम ।

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् ।

आज  बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफुक गर्ने क्रममा उनले श्रीमती र छोरीको हत्या गरेको बुझिएकाे छ ।

घटनालगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.