९ कात्तिक, तेह्रथुम ।
तेह्रथुम म्यान्छयायेम गाउँपालिका- २ पौठाकका ३० बर्षीय नेत्र बहादुर लिम्वुकाे अरिंगाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । आज बिहानको राती पौने ३ बजे घर देखि १ किमि पुर्वमा रहेको उतिसको रुखमा अरिंगाल झार्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमानै मृत्यु भएको हाे ।
मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेकाे प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ ।।