एसिडपीडित मुस्कानलाई प्रदेश-२ सरकारले थप ५ लाख दिने

एसिडपीडित मुस्कानलाई प्रदेश-२ सरकारले थप ५ लाख दिने

९ कात्तिक, जनकपुरधाम ।

दुई वर्षअघि एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश २ सरकारले ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले थप उपचारको पर्खाइमा रहेकी मुस्कानलाई थप खर्च दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । यसअघि पनि प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो ।

२०७६ भदौ २० गते विद्यालय हिँडेकी मुस्कानलाई दुई किशोरले एसिड प्रहार गरेका थिए । त्यस्तै, खातुनको उपचारका लागि संघीय सरकारले पनि रु ३ लाख सहयोग उपलब्ध गराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.