९ कात्तिक, काठमाडौँ ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबार(भाेली) देखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताएका छन् ।
नेपाल बार एशाेसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधाीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताए । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् । मंगलबारको बैठकमा सल्लाहकार समितिका ३७ जनाले प्रधानन्यायाधीशबारे बारले कस्तो निर्णय गर्नु उपयुक्त हुन्छ भन्नेबारे सुझाव दिएका थिए । त्यसमध्ये ३६ जनाले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्नुपर्ने बताएका छन्।