NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

६ सय पालिकामा एमालेको अधिवेशन, सर्वसम्मतको नीतिले अधिवेशन लम्बिँदै

बुधबार कार्तिक १० , २०७८
Reading Time: 1 min read
A A
६ सय पालिकामा एमालेको अधिवेशन, सर्वसम्मतको नीतिले अधिवेशन लम्बिँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : नजिकिँदो स्थानीय निर्वाचनको प्रतिस्पर्धामा चुनावी परिणाम पक्षमा पार्न एमालेले देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोशिस गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।

मंगलबार देशभरका सबै पालिकाहरूको अधिवेशन उद्घाटन भए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने नीति प्राथमिकतामा रहेकै कारण एमालेको अधिवेशन बुधबारसम्म लम्बिएको छ । सात सय ५३ पालिकामध्ये करिब ६ सय पालिकामा अधिवेशन उद्घाटन भएकोमा करिब एक सयवटामा मात्र नयाँ नेतृत्व चयन भएका छन् ।

६ कात्तिकमा सम्पन्न अधिकांश वडाका अधिवेशन सर्वसम्मत टुंगिए पनि पालिकास्तरीय कमिटीको पदाधिकारीमा भने आकांक्षीहरू बढी देखिएकाले अधिवेशन बुधबारसम्म लम्ब्याएर भए पनि सबैतिर सर्वसम्मतिमै नेतृत्व छनोटका लागि अधिकतम कोसिस गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

Advertisement

‘लोकतान्त्रिक विधिको उच्चतम बिन्दु भनेकै सर्वसम्मति भएकाले चुनावी प्रतिस्पर्धा नहोस् भन्ने नै हाम्रो चाहना हो,’ तामाङले भने, ‘पालिकास्तरको अधिवेशन, केन्द्रीय महाधिवेशन सकिए लगत्तै पार्टीले क्रमशः सम्पन्न हुने निर्वाचन फेस गर्नुपर्ने भएकाले नेता–कार्यकर्ताहरूबीचको हार–जितले पार्टी एकता मजबुत नबनाउने भएकाले हामीले सर्वसम्मतिमा जोड दिएका छौं ।’

तामाङका अनुसार बुधबारसम्म अधिवेशन लम्ब्याएर भए पनि सर्वसम्मतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिइएकाले अन्तिमसम्म गरिने कोसिसबाट पनि सहमति हुन नसकेका नगण्य स्थानमा मात्र चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चुनिने छन् । त्यस्ता स्थानहरूमा चुनावी प्रतिस्पर्धाका लागि एमालेले तयारी गरिरहेको छ ।

एमालेले पालिका अधिवेशनका लागि वडाबाट चुनिएर गएका प्रतिनिधि बन्दसत्रमा सहभागी छन् । जसअनुसार थोरै सदस्य संख्या भएका वडाहरूबाट सबै संगठित सदस्य सहभागी छन् भने औसत सदस्य भएका वडाहरूबाट पाँच सदस्यबराबर एक प्रतिनिधि तथा धेरै सदस्य भएका स्थानहरूबाट १० सदस्यबराबर एक जना प्रतिनिधि सहभागी छन् ।

अधिवेशनबाट गाउँपालिका र नगरपालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीयसम्म कमिटी चयन हुनेछ । त्यस्तै, उपमहानगरमा पाँच पदाधिकारीसहित ८५ सदस्यीय र महानगरमा पनि पाँच पदाधिकारीसहित एक सय एक सदस्यीय कमिटी चयन हुनेछ । सबै कमिटीहरूमा ३३ प्रतिशत महिला अनिवार्य चुनिने छन् ।

एमालेले सर्कुलरमा महिलाको समावेशिता सुनिश्चित गर्न भनेको छ । त्यस्तै, कमिटी सर्वसम्मत चुन्न निर्देशन दिँदै एमालेले भनेको छ, ‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने ।’

एमालेले पार्टीको दशौं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दै छ । भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले पनि लोकतान्त्रिक विधिमा सबैभन्दा सर्वोत्तम विधि सर्वसम्मत नै भएकाले त्यसैलाई प्राथमिकता राखेर सकारात्मक सन्देश दिन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । अध्यक्ष ओलीबाट भर्चुअल माध्यमबाट उद्घाटित अधिवेशनमा देशभर ६ लाखभन्दा बढी कार्यकर्ता सहभागी भएको एमालेले दाबी गरेको छ ।

घनश्याम भुसालको जोड : प्रतिस्पर्धाबाट नेतृत्व

पार्टीले देशभर सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिइरहेका वेला उपमहासचिव घनश्याम भुसालले भने पालिका अधिवेशनबाट लोकतान्त्रिक चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनोटमा जोड गरेका छन् । अधिवेशनको अघिल्लो साँझ सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भुसालले दलाल पुँजीवाद र व्यक्तिवादसँग लड्ने नेतृत्व आउने अपेक्षा गरेका छन् ।

‘पालिकास्तरको नेतृत्वको क्रान्तिकारी र लोकतान्त्रिक चरित्रको ग्यारेन्टी गर्न सकियो भने माथिल्लास्तरमा आउन सक्ने विचार तथा सिद्धान्तहीनता र त्यसले उत्पन्न गर्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थजस्ता खतरासँग सजिलै जुुध्न र परास्त गर्न सकिन्छ । त्यसैले भोलि हुने पालिकास्तरका अधिवेशनहरूमा क्रान्तिकारी, लोकतान्त्रिक तथा समावेशी कमिटीहरूको निर्वाचन हुने कुुराको औधी महत्व छ,’ भुसालले भनेका छन् ।

त्यस्तै, उनले अधिवेशनबाट दलाल पुँजीवादका लागि लड्ने कमिटी निर्माण गर्नु नै महत्वको काम भएको बताएका छन् । ‘दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने दिशामा लोकतान्त्रिक अभ्यासका साथ अगाडि बढ्न हामीले विकसित गरेको कार्यदिशा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो ।

यद्यपि, त्यसअनुुरूप समाजवादका लागि आजको ठोस कार्यक्रम र त्यसैअनुुरूप संगठनात्मक योजना निर्माण गर्न बाँकी छ,’ उनले भनेका छन्, ‘दलाल पुँजीवादका विरुद्ध विचार, सिद्धान्त, राजनीति र संगठनका क्षेत्रमा तयारी गर्दै र त्यसका आधारमा सिंगो पार्टीलाई एकतबद्ध पार्दै अगाडि बढ्न सक्यौं भने हामीले जुनसुकै चुुनौतीलाई सामना गर्न सक्नेछौं । संक्षेपमा, दलाल पुुँजीवादका विरुद्ध लड्न सक्ने पार्टी कमिटीहरूको निर्माण गर्नु हाम्रा लागि सबैभन्दा महत्वको काम हो ।’,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.